अर्थ

लगातार घटेको सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा लगातार घटेको सुनको मूल्य आज बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन सोमबार प्रतितोलामा ४ सय रुपैंयाँ बढ्दै ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ८९ हजार ९५० रुपैयाँ रहेको छ ।

सुनको मूल्य बिहिबार, शुक्रबार र आइतबार क्रमश: १ हजार १ सय रुपैयाँ, एक हजार २ सय रुपैंयाँ र ८ सय रुपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर एक हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट