समाचार

सेयर बजार लयमा फर्कन सकेन, नेप्सेमा आज पनि उच्च अकंको गिरावट

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा केहि दिनदेखि निरन्तर गिरावट आएको छ । हिजो आइतबार पनि नेप्सेमा उच्च अकंको गिरावट आएको थियो भने कारोबार रकम पनि साढे ११ अर्ब भन्दा बढीको भएको थियो
आज सोमबार पनि नेप्सेमा उच्च गिरावट आएको छ । आज नेप्से ७१.०६ अंकले घटेर दुई हजार आठ सय ३४ दशमलब ४१ विन्दुमा थामिएको हो । त्यस्तै, आज नेप्सेमा ११ अर्ब ६१ करोड ९० लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज एउटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा नारायणी डेभलपमेन्ट बैंक रहेका छ । यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

त्यस्तै, आज पोखरा फाइनान्स र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम सूचीसहित शेयर बजार अस्वभाविक रुपले बढेकोले सजग रहन लगानीकर्ताहरुलाई सार्वजनिक आव्हान गरेसंगै बजार घट्नेक्रम जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट