रिबन

आज पनि यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । केही दिनदेखि सुरु भएको मनसुन सक्रिय हुने क्रम जारी छ । चारवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

अहिले बिहान पनि देशभर सामान्य देखी पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र प्रदेश नं १, प्रदेश न २ ,बाग्मती प्रदेश र सुदरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखी मध्ययम वर्षा भईरहेको छ ।
आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्ले जानकारी दिए ।
आज दिउँसो चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमसविद् प्रधानाङ्ले जानकारी दिए । प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
त्यस्तै आज राति पनि आज राति देशभर सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।

भारी वर्षाको सम्भावना रहेका स्थानमा बाढी तथा पहिरो जाने सम्भावना हुने भएकाले सतर्क रहन पनि विभागले भनेको छ । भिरालो बस्ती तथा नदी तटीय क्षेत्रमा विशेषगरी सतर्क हुन विभागले आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट