समाचार

जातको आधारमा कोठा नदिएको आरोपमा पक्राउ घरबेटी रिहा

काठमाडौंको । तनहुँकी रूपा सुनारलाई जातीय विभेद गर्दै कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा भएकी छन्।

जिल्ला अदालत, काठमाडौंले घरबेटी सरस्वती प्रधानलाई छाड्न आदेश दिएको हो ।

प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको थियो।

पीडित रुपा सुनारको जाहेरीका आधारमा प्रधानलाई छुवाछुत सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट