समाचार

आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक शर्मासहित तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौ । कर फर्छ्यौट आयोगका दुईजना पदाधिकारीसहित आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्मासहित कर फर्स्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसमेतलाई प्रतिवादी बनाएर बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आयोगले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगोसहितको भ्रष्टाचार मुद्दा बुधबार दायर गरेको हो
अख्तियारका अनुसार यो अहिलेसम्मकै सबैभन्दा बढी बिगो दावी गरिएको भ्रष्टाचार मुद्दा हो। भ्रष्टाचार निवारण ऐनको दफा ७ मा राजस्व चुहावटसम्बन्धी आरोप पुष्टि भए बिगो र त्यसको दोब्बर बराबर जरिवाना हुने व्यवस्था छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *