समाचार

२४ सय २१ नयाँ संक्रमित थपिए, कोरोनाबाट ८१ जनाको मृत्यु, २९ मृतक २४ घण्टा अघिका

काठमाडौ । गत २४ घण्टामा कोरोना नेपालमा २४ सय २१ नँया संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७ हजार ४ सय ६२ पिसिआर बिधिबाट र ४९ सय ५३को एन्टिजेन्ट बिधि गरी कुल १२हजार ४ सय १४ जनाको परिक्षण गरिएको हो । त्यस्तै गरी ८१ जनाको कारोनाबाट मृत्यु भएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको र २४ घण्टा अगाडि गणना नगरिएका २९ जना मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै गरी पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५८ जना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

यो सगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संङख्या ८ हजार ८ सय ९४ पुगेका छन् । हाल काठमाडौ उपत्यकामा ४ सय ९७ जना संक्रमित थपिए । काठमाडौंमा ३४६ जना, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जना गरी कुल ४९७ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर सक्रिय संक्रमित ५० हजार ५२० जना रहेको मन्त्रालयले जनाएको

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट