शिक्षा / स्वास्थ्य

भक्तपुरको उत्तरपूर्वी क्षेत्रमा शैक्षिक केन्द्रकाे रूपमा स्थापित हुँदै श्रीकृष्ण मावि

काठमाडौं । विद्यालय ज्ञान आर्जनको पवित्र मन्दिर हो । शैक्षिक संस्था भगवान् तुल्य हो, त्यसैले सरस्वतीको पवित्र मन्दिर शैक्षिक संस्थाको महिमा अपरिमित छ । समुन्नत राष्ट्र निर्माणको महत्वपूर्ण जग शिक्षा नै हो भन्ने कुरामा कुनै विवाद छैन । गुणस्तरीय, व्यवहारिक र वैज्ञानिक शिक्षाले मात्र मुलुकलाई समुन्नतको मार्गमा डोहो-याउँछ । राज्यले शिक्षालाई मौलिक हकको रुपमा संविधानमा लिपिबद्ध गरेको छ ।

तर, व्यवहारमा भने अझै अनुभूति हुन सकेको छैन । नेपालमा शैक्षिक क्षेत्रको सुधारका लागि सरकारी तवरबाट विभिन्न प्रयास भए पनि अपेक्षित सफलता अहिलेसम्म हात पर्न सकेको छैन ।

नेपालमा सामुदायिक र निजी दुई खाले शिक्षा आर्जनको थलो अस्तित्वमा छ । ती दुई खाले भनेका निजी र सामुदायि हुन् । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण भिन्न छ । तर, अहिले अधिकांश सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयको भन्दा राम्रो बन्दै गएको छ । तर यो सकरात्मक सन्देश अभिभावक र विद्यार्थीसम्म पुगेको छैन ।

भक्तपुरको उत्तरपूर्वी भेगमा अवस्थित सुन्दर, शान्त र रमणीय वातावरण भएको श्रीकृष्ण माध्यमिक विद्यालय जसले प्रचुर शैक्षिक सम्भावना बोकेको छ । पर्यटकीय स्थल नगरकोटको फेदीमा अवस्थित श्रीकृष्ण मावि चागुनारायण–७ खरिपाटीमा छ । जति प्राकृतिक रुपमा सुसज्जित छ, त्यत्ति विद्यालयको शैक्षिक र भौतिक रुपमा अब्बल छ । श्रीकृष्ण मावि पछिल्लो समय भक्तपुरकै शैक्षिक केन्द्रको रुपमा विकसित हुदै आएको छ ।

नेपालमा सामुदायिक विद्यालय भनेपछि नाक खुम्च्याउने जमात ठूलो छ । पछिल्लो समय धेरैजसो समुदायिक विद्यालयको शैक्षिक गुणस्त ह्वातै माथि उठेको छ । समुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीहरुको दृष्टिकोण बदलिएको छ । कतिपय सामुदायिक विद्यालयमा त भर्ना पाउनसमेत इन्ट्रान्स परीक्षा उक्तिर्ण गर्नुपर्छ ।

विद्यालय व्यवस्थापन सीमित, शिक्षक र अभिभावको संयुक्त प्रयासले श्रीकृष्ण माविको शैक्षिक गुणस्तरमा आमूल परिवर्तन अएको हो । शैक्षिक र भौतिक गुणस्तरमा सुधार आएपछि अभिभावक र विद्यार्थीहरुको विद्यालयप्रति मोह जागेको छ ।

हाल श्रीकृष्ण मावि व्यवस्थापन समितिको नेतृत्वमा सामाजिक राजनीतिक अभियान्ता जीवन खत्री छन् । त्यसै विद्यालयबाट प्राथमिक तहदेखि स्नातक तहसम्मको अध्ययन पूरा गरेका खत्री विद्यालयको शैक्षिक र भौतिक गुणस्तर सुधार गर्न अहोरात्र क्रियाशील छन् । उनले विद्यालय व्यवस्थापन समितिको नेतृत्व लिदा करिव ९० जना रहेको विद्यालयमा अहिले विद्यार्थी संख्या ४ सय नाघेको छ ।

निजी विद्यालयले पनि गर्न नसकेको शैक्षिक गुणस्तर सुधारको काम श्रीकृष्ण माविले गरेको खत्रीको दाबी छ । यस विद्यालयका ९५ प्रतिशत विद्यार्थीले अनलाइन परिक्षा प्रणालीमा सहभागिता जनाएका छन् । सामुदायिक विद्यालय सुधारको अभियानमा जुटेका खत्री आफ्ना बालवच्चा पनि श्री कृष्ण मावि मै पढाइरहेका छन । अध्यक्ष खत्रीले मात्र होइन यस विद्यालयमा पढाउने शिक्षक र कर्मचारीहरुले पनि आफ्नो बच्चा श्रीकृष्ण माविमै पढाएका छन । खत्रीका बुबा पनि लामो समय त्यसै विद्यालयमा अध्यापन गराएर अवकास लिएका । गैरनाफा मुलक सामुदायिक विद्यालयले समय सापेक्ष, व्यवहारिक र सैद्धान्तिक शिक्षा दिने भएकाले उपेक्षा गर्न नहुने उनको मत छ ।

सामाजिक अभियान्ता, राजनीतिक दल, शिक्षाप्रेमीहरुले सामाुदायिक विद्यलयमाप्रति हेर्ने दृष्टिकोण सकरात्मक बनाउन सके समुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुन समय नलाग्ने उनी बताउँछन ।

साधन, स्रोत, क्षमता र जनशक्ति हुँदाहुँदै पनि अस्वथ्य प्रतिस्पर्धाका कारण सामुदायिक विद्यालय ओझेलमा परेको उनको विश्लेषण छ । निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालय सक्षम रहेकाले सामाजिक अभियान्ता, बौद्धिक वर्ग र राजनीतिक नेतृत्वलाई आफ्ना बालबच्चा समादायिक विद्यालयमा पढाउन उनको आह्वान छ ।

समुदायिक विद्यालयको जनशक्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्षम रहेको उनको तर्क छ । खत्री श्रीकृष्ण माविालाई भक्तपुर जिल्लाको मात्र नभई देशकै नमुना विद्यालय बनाउने अभियान जुटेका छन् । विद्यालयको शैक्षिक गुणस्तरमा सुधार भएपछि अभिभावक र विद्यार्थी पनि दंग छन् ।

विगत १८ वर्षदेखि विद्यालयमा कार्यरत शिक्षक अरुणकुमार चौधरीले केही महिना अघि प्रधानाध्यपकको जिम्मेवारी सम्हालेका छन् । जेठ २६ गते विद्यालयको रिजल्ट प्रकाशन गरेसँगै विद्यालयको ध्यान यतिबेला विद्यार्थी भर्ना आभियानमा केन्द्रित भएको चौधरी बताउँछन । भर्ना अभियान असार महिनाभर जारी रहेने प्रअ चौधरीले बताए । कक्षा ११÷१२ सहित साढे चर सयभन्दा बढी विद्यार्थी संख्या पु¥याउने लक्ष्य रहेको चौधरी बताउँछन ।

अहिले नर्सरीदेखि कक्षा १० सम्मको अनलाइन माध्यमबाट पठनपाठन सुरु भइसकेको उनले बताए । श्री कृष्ण माविमा नर्सरीदेखि ८ सम्म पूर्ण अंग्रेजी माध्यमबाट पठनपाठन हुदैछ भने कक्षा ९ र १० मा अन्य विद्यालयबाट पनि विद्यार्थी आउने भएकाले नेपाली र अंग्रेजी दुवै भाषमा पठन पाठन हुने गरेको छ ।

विद्यालय प्रविधिमैत्री बन्दै गएको प्रधानाध्यापक चौधरीको दाबी छ । डिजिटल कक्षा, पूर्ण अंग्रेजी क्लास, अनलाइन क्लास, अनलाइन रिजल्ट दिन सफल भएका छौं, उनले थपे कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, सीसी क्यामेरा, विद्यालयको आफ्नै गाडी सुविधा छ । प्रोजेक्टरबाट क्लास दिने, मार्कर फ्रि बनाउने, डिजिटल क्लास रुम बनाउने कार्यमा विद्यालय प्रसाशनले ध्यान केन्द्रित गरेको उनले बताए । पहिले स्थानीय विद्यार्थीको संख्या कम थियो चौधरीले भने अहिले शैक्षिक गुणस्तर सुधार भएका कारण स्थानीय विद्यार्थीको संख्या ह्वातै बढको छ । यो वर्ष श्रीकृष्ण माविमा बोर्डिङका विद्यार्थी बढी भर्ना भएको प्रअ चौधरीले बताए ।

श्रीकृष्ण माविका शिक्षकहरु जागिरे मानसिकताबाट माथि उठेर विद्यालयप्रति उत्तरदायी भएका कारण शैक्षिक गुणस्त राम्रो भएको विद्यायका सहायक प्रधानाध्यपक श्याम श्रेष्ठ बताउँछन । उनी भन्छन ‘हामी विद्यालय र विद्यार्थीप्रति उत्तरदायी छौ र अभिभावको गुनासो सुन्छौ र तत्काल सम्वोधन गर्ने गछौं ।’ विगतमा कुनै कक्षा विद्यार्थीविहीन भएको अनुभव पनि श्रेष्ठले सुनाए । समुदायमा राम्रो छाप छोड्न सफल भएकाले अहिले विद्यार्थी संख्या जिल्लाका अन्य विद्यालयमा भन्दा राम्रो भएको श्रेष्ठ बताउँछन । अनुभवी र प्रतिष्ठत व्यवस्थापन, शैक्षिक र भौतिक गुणस्तरमा सुधार, विद्यालय अनुशासन, दक्ष्य र मेहनति शिक्षकहरुको टिमवोर्कका कारण विद्यार्थी र अभिभावकमा विद्यालयप्रतिको विश्वास जागेको श्रेष्ठले दाबी गरे । शिक्षाले अभिभावक समक्ष २१ बुँदे प्रतिवद्धत जनाएर अघि बढेको पनि उनले सुनाए ।

२०२२ सालमा स्थापित श्रीकृष्ण मावि ५५ औं बसन्त पार गरेको छ । यस विद्यालयमा २०३६ सालमा माध्यमिक तहको पठन पाठन सुरु भएको थियो । २०३९ सालमा पहिलो पटक यस विद्यालयका विद्यार्थी एसएलसी परिक्षमा सामेल भएका थिए । विद्यालयले २०६१ सालमा उच्च माध्यमिक तहको शैक्षिक शत्र सुरु गर्न पुग्यो । २०६५ सालमा त्रिभूवन विश्वविद्यायसँग सम्वन्धन लिएर स्नातक तह अन्र्तगत बिबिएस तहको पाठनपाठन सुरु भयो । २०७४ सालबाट प्राविधिक शिक्षातर्फ १८ महिने सिभिल इन्जिनियरिङ पढाइ सुरु गरेको श्रीकृष्ण क्याम्पसले २०७६ सालदेखि डिप्लोमा इन सिभिल इन्जिनिरिङ तहको पठन पाठन सुरु गरेको हो । अहिले प्रारम्भिक बाल विकासदेखि स्नातक तहसम्मको पढाइ यस शिक्षण संस्थामा भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *