खेलकुद

कोपा अमेरिका उपाधिका लागि ब्राजिल र अर्जेन्टिनाबीच भिडन्त हुने

एजेन्सी । कोपा अमेरिका उपाधिका लागि ब्राजिल र अर्जेन्टिनाबीच भिडन्त हुने भएको छ । बुधबार बिहान कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताकोे फाइनलमा प्रवेश गरेको हो ।

खेलमा अर्जेन्टिनाका लौतारो मार्टिनेजले पहिलो गोल गरे पनि कोलम्बियाका लुइस डियाजले बराबरी गोल गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइ ब्रेकरमा अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टीनेजले तीनवटा प्रहार रोक्दै टोलीलाई फाइनलमा पु¥याए ।

पहिलो सेमिफाइनलमा पेरुलाई पाखा लगाउँदै ब्राजिल फाइनलमा पुगेको हो । कोपा अमेरिका फुटबलको जारी संस्करणको फाइनल खेल आगामी आइतबार बिहान पौने ६ बजे ब्राजिलको रियो दि जेनेरियो सहरको प्रसिद्ध माराकाना रंगशालामा हुनेछ ।

चर्चित फुटबल खेलाडी नेयमारले फाइनलमा ब्राजिल र अर्जेन्टिनाबीच भिडन्त भए राम्रो हुने अपेक्षा गरेका थिए । अब नेयमारको इच्छा पूरा हुने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *