ताजा समाचार

युरोकप २०२०ः डेनमार्कलाई हराउँदै इङल्यान्ड फाइनलमा

काठमाडौं । इङल्यान्ड युरोकप २०२० फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इङल्यान्ड फाइनलमा पुगेको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको ३० औं मिनेटमा मिक्केल ड्याम्सगार्डले उत्कृष्ट फ्रिकिक गोलमा डेनमार्कलाई अग्रता दिलाएका थिए । तर इङल्यान्डले ३९ मिनेटमा नै खेल बराबरी गर्यो । बुकायो साकाको क्रसमा रहिम स्ट्रलिङले नजिकको दूरीबाट गोल गरेका थिए ।घरेलु मैदान बिम्बलीमा अतिरिक्त समयको पहिलो हाफमा प्राप्त पेनाल्टीमा गोल गर्दै कप्तान ह्यारी केनले इङल्यान्डलाई जित दिलाए ।

इटलीसँगको भेट पक्का गरेको छ । १९६६ को विश्वकपपछि इङल्यान्डले कुनै पनि ठूला प्रतियोगिताको फाइनलमा स्थान बनाएको यो पहिलो पटक हो । स्पेनलाई टाइब्रेकरमा हराउँदै इटलीले फाइनलमा स्थान बनाएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *