रिबन

अर्जेन्टिनाले जित्यो कोपा अमेरिका कप

काठमाडौं । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । यो उपाधी अर्जेन्टिनाको निकै महत्वपूर्ण छ । अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको हो।

आइतबार विहान भएको उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १(० गोलले पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो। उपाधि जित्ने क्रममा अर्जेन्टिनाका एन्जल डि मारिया नायक सावित भए। ब्राजिलका रेनान लोडीले राम्रोसँग मार्क गर्न नसक्दा डि मारियाले डिबक्स भित्रबाट बललाई गोल पोस्टको दिशा दिए।

मारियाले घरेलु टिम ब्राजिलविरुद्ध खेलको २२ मिनेटमा गोल गरेका थिए। त्यसपछि ब्राजित अट्याक पोजिसनमा आएपनि गोल गर्न सकेन । खेलको ५२ मिनेटमा ब्राजिलका रिचार्लीसनले बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड घोषित गरिदिए। ५५ मिनेटमा अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले एमी मार्टिनेजले रिचार्लीसनको प्रहारलाई विफल पारिदिएका थिए।
प्रतियोगिताको अन्य खेलमा हिरो बनेका कप्तान लियोनल मेसी आजको खेलमा भने जम्न सकेनन् । खेल सकिन एक मिनेट बाँकी छदा मेसीले डिबक्स भित्र गोल गर्ने सुन्दर मौका खेर फालेका थिए। तर मेसीको लागि आजको उपाधी भने विशेष रहेको छ । उनले पहिलोपटक देशलाई मुख्य प्रतियोगिताको उपाधि दिलाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट