कला/साहित्य

पाको उमेर

थोत्रिएको बुद्घिको जोहो गर्छ कोही
किनकि उसमा नयाँ सोच पलाउन भ्याएन
पुरानै खुसियालीसित रम्ने गर्छ ऊ
ढर्रा नरुचाउने उसको स्वभावमा
प्रौढताले बुइ चढेर कहिल्यै आएन ।
उसको अन्तर कुन्तरमा
बिलेको छ
अहम्ताको सूक्ष्म बीज
मनको एकान्त कुनामा
कुरुङ् ढुङ्गा बनेर खिलेको छ ईष्र्या
तनको भित्री गहिराइमा
काई र लेउ बनेर अँटेको छ प्रलोभन
हेरिरहेको निमग्न मग्न आँखाले
बनेर आकर्षण पर्खिरहेको छ वासना ।

०………………..०………………०
क्षितिजमा अस्ताउने जूनघाम जस्तै
उमेरले च्याइरहँदा पनि
संभ्रान्तताको कलिलो मुना
उसमा पलाउन छोडेन
उसको समग्र शिरमा
हिमाल अग्लिएर चुलिंदा पनि
कहिल्यै परिपक्वताले शिखर चुम्न भ्याएन ।

०…………………..०…………………..०
विगतको सुडौल शरीर खोजेर
गन्तव्य छिचोल्न चाहन्छ ऊ
तर, धर्खराएको अनुभूति
जन्मँदो रहेछ उसको जीवनमा
भित्रैदेखि आपूmुलाई दमदार बनाउने अभीष्टा
कता कता पालेर बस्तोरहेछ दिग्भ्रम
कतै बोकेर बाँच्तो रहेछ व्यग्रता
कसैको उम्दा बिरासतमाथि
कुँडिएर भित्रभित्रै
बत्तिसै दन्तहरूको किरकिराहटमा
असह्य पीडाबोध गर्दो रहेछ मान्छे
पाको आवरणमा उमेर फेरिए पनि
अँटेर पूर्ववत्रूपमा अट्टालीमा
अट्टहास हाँसो उचाल्न
नछोड्दो रहेछ पुरानिया मान्छे ।

०…………………..०…………………..०

मादी न.पा.–६, संखुवासभा
हालः भक्तपुर, लोकन्थली

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *