खेलकुद

ओलम्पिकमा नेपालको सहभागिता: ५ खेलाडी, १६ अफिसियल

काठमाडौँ । जापानको टोकियोमा हुने गृष्मकालीन ओलम्पिकमा खेलाडी भन्दा अफिसियल धेरै जाने परम्परालाई यसपटक पनि निरन्तरता दिइएको छ । ओलम्पिकलाई खेल क्षेत्रका विभिन्न पदाधिकारीले घुमफिर गर्ने बहाना बनाएको आरोप विगतमा लाग्ने भएपनि यस पटक पनि सो क्रमले निरन्तरता पाएको देखिएको छ ।

जुलाई २३ देखि अगस्ट ८ सम्म हुने ओलम्पिक कोरोना भाइरस संक्रमणको महामारीका कारण यसअघि स्थगन भएको टोकियो ओलम्पिक १ वर्षको अन्तरालमा हुन लागेको छ ।

यस ओलम्पिकमा नेपालबाट ५ खेलाडी र ४ प्रशिक्षकसहित २६ जनाले सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

प्रतियोगितामा खेलाडी र प्रशिक्षकभन्दा पदाधिकारीको संख्या धेरै देखिएको छ । ५ खेलाडीले भाग लिन लागेको भएपनि खेलसँग प्रत्यक्ष सम्बन्धित ४ प्रशिक्षक र १ जना मेडिकल टीमसहित १० जना मात्र देखिएको छ ।

जापान जाने टोलीमा खेलाडी बाहेक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट २ जना, नेपाल ओलम्पिक कमिटीबाट ७ जना, युवा तथा खेलकुद मन्त्रालयबाट १ जना, राष्ट्रिय खेलकुद परिषद्बाट ४ जना, टोकियो नेपाली दूतावासबाट १ जना रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट