समाचार

भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा(भिडियो सहित)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले आइतबार राजीनामा दिएका हुन् ।‘म यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई राजीनामा दर्ता गर्न आएको छु’, रावलले भने, ‘म राजीनामा दिन्छु।’

माधव पक्षका अन्य सांसदहरुले भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेका छन् । देउवाले आजै विश्वासकाे मत लिँदै छन् ।नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले देउवालाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *