मनोरञ्जन

अन्जु पन्तको ‘छटपटी’

काठमाडौँ । गलत बुझाईको कहानी समेटेर तयार पारिएको म्युजिक भिडियो ‘छटपटी’ सार्वजनिक भएको छ।

गायिका अन्जु पन्तको स्वरमा समावेश सेण्टिमेण्टल भर्सनको यस गीतमा गायक राज लिम्बुको शब्द, संगीत रहेको छ। दिपक राज बिश्वकर्माले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

इजरायलमा छायांकन गरिएको भिडियोमा वियोगान्त प्रेम कथा प्रस्तुत गरिएको छ। बिष्णु कट्टेल,निता क्षेत्री र टेकेन्द्र कार्की बीचको त्रिकोणात्मक प्रेमकथा भिडियोमा प्रस्तुत गरिएको छ। यस भिडियोलाई सन्तोष माबो (माबो क्रिएशन)को छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो।

गायक लिम्बुको आधिकारिक च्यानल ुराज लिम्बुु मार्फत भिडियो सार्वजनिक गरिएको हो। विदेशी भूमिमा तयार पारिएको यस भिडियोलाई दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *