देश

कलाकार उत्तम नेपालीको निधन

काठमाडौं । वरिष्ठ कलाकार, प्राज्ञ उत्तम नेपालीको निधन भएको छ । ८५ वर्षीय नेपालीको बुधबार बिहान महाराजगञ्जस्थित टिचिङ अस्पतालमा निधन भएको हो । उनी मुटु र श्वासप्रश्वाससम्बन्धी समस्यासँग जुधिरहेका थिए ।

दुई छोराछोरी अमेरिकामा रहेकाले उनीहरू आइसकेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
उत्तम नेपालीको वास्वविक नाम उत्तमप्रसाद कर्मचार्य हो । पछि उनले आफ्नो नाम छोट्याएका थिए । आमा फिल्ममा अभिनयसमेत गरेका उनले गीत, कवितासमेत लेखेका छन् ।

उनले २०३३ सालमा कविता र कविसहित कला सिर्जना गरी पृथक् प्रदर्शनीको परिचय दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *