समाचार

बीपी प्रतिष्ठान आन्दोलनः छानबिन समितिले काम थाल्यो

काठमाडौं।सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलले छानबिन थालेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव बैकुण्ठ अर्याल संयोजक रहेको आठ सदस्यीय टोलीले प्रतिष्ठानमा छानबिन थालेको हो । ३५ दिनदेखि प्रतिष्ठान सुधारको माग राखेर आन्दोलन थालेका चिकित्सक, नर्स र कर्मचारीलाई टोलीले भेटेको छ । प्रतिष्ठानमा भएको अनियमिता, पदाधिकारीको कामकारबाहीका विषयमा छानबिन गरी प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझाउने टोलीका संयोजक अर्यालले बताए ।

प्रतिष्ठानमामा अनियमिता बढेको भन्दै उपकुलपति ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डाक्टर गुरु खनाल, रजिस्ट्रार डा, मोहनचन्द्र रेग्मी र निर्देशक डागौरीशंकर साहको राजीनामा माग गर्दै कर्मचारीहरुले आन्दोलन गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *