समाचार

दूरसञ्चार प्राधिकरणको प्राथमिकतामा पर्यटकीय स्थलहरुमा इन्टरनेट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको चालु आवको बजेटमा नेपालको आफ्नै स्याटेलाइट स्थापनादेखि धार्मिक तथा पर्यटकीय स्थलहरुमा इन्टरनेट सेवा पुर्याउनेसम्मका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । यस बर्षका प्राधिकरण बजेट १४ अर्ब रुपैयाँ बढीको बजेट रहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०७८र०७९ का छुट्याएको १४ अर्ब ६७ करोड २० लाख रुपैयाँको बजेट स्वीकृत पारित गरेको हो ।

सो बजेटमध्ये ग्रामिण दूरसञ्चार विकाश कोषको तर्फबाट ७ अर्ब ६३ करोढ र प्राधिकरणको तर्फबाट ७ अर्ब ४ करोड २० लाख गरी दुई तहमा बजेट स्वीकृति गरिएको हो ।

स्याटेलाइट स्थापना गर्न ५० करोड

प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष कार्यक्रम अन्तर्गत ७ अर्ब ६३ करोड बराबरको बजेट विनियोजन गरेको छ । प्राधिकरणले ल्याएको कार्यक्रममा नेपालको आफ्नै स्याटेलाइट स्थापना गर्ने सम्बन्धमा आवश्यक ऐन, नियम तथा रणनीतिक योजना तयार गर्ने योजना समेटिएको छ । उक्त कार्यक्रमका लागि ५० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए ।

त्यस्तै आगामी चैत मसान्तसम्म स्याटलाइट लञ्चिङ र ग्राउण्ड स्टेसन स्थापनाका लागि बोलपत्र प्रकाशन गर्ने र असार मसान्तसम्म त्यसका लागि योग्य संस्था छनौट गरिसक्ने लक्ष्य लिएको छ । बोलपत्र आह्वानका लागि २० करोड र संस्था छनौटका लागि ३० करोड रुपैयाँ गरी ५० करोड रुपैयाँ बराबरको बजेट राखिएको उनले बताए ।

जसमध्ये, सातै प्रदेश अन्तरगर्तका मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम, पूर्व पश्चिम जोड्ने राजमार्ग, उत्तर दक्षिण जोड्ने राजमार्गमा अप्टिकल फाईवर नेटवर्क विस्तार गर्न ४० अर्व रुपैयाँ बजेट राखिएको छ ।

भुकम्पबाट अति प्रभावित ८ जिल्लाहरु र काठमाडौं उपत्यका बाहेकका सम्पूर्ण सामूदायिक क्याम्पस तथा सामूदायिक आधारभूत विद्यालयहरुमा २ बर्ष निःशुल्क ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने उद्धेश्यका साथ पनि कार्यक्रम छुट्याइएको उनको भनाई छ । यसको लागि ७० करोड रुपैयाँ छुट्याइएको छ ।

भुकम्पबाट अति प्रभावित ८ जिल्लाहरु काभ्रपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गाका तोकीए बमोजिमका स्थानहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान तथा सञ्चालन भएका स्थानहरुमा क्षमता अभिबृद्धि गर्नका लागि ३३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

दूरसञ्चार सेवाको पहुँच नपुगेका स्थानहरुमा सेवा प्रदायक मार्फत माईक्रोवेव टावर निर्माण गरि दूरसंचार सेवाको पहुँच विस्तार गर्न १० करोड र काठमाडौं उपत्यका बाहेकका जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक, माध्यमिक विद्यालय, स्वास्थ्य संस्थामा ब्रोण्डव्याण्ड सेवाको पहुँच पुर्याउन २० अर्ब बजेट स्वीकृत भएको छ ।

यस्तै, दूरसञ्चार नीति, ब्रोडव्याण्ड नीति र सञ्चार तथा सूचना प्रविधि नीतिलाई एकिकृत गरी नयाँ सूचना प्रविधि नीति तयार गर्ने, ६६ जिल्लाका सम्पूर्ण सामुदायिक क्याम्पस तथा सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट दूरसञ्चार प्राधिकरणको बजेट साढे १४ अर्ब बढी, नेपालको आफ्नै स्याटेलाइटदेखि साइबर सुरक्षाका परियोजना पु¥याउने लगायतका विषय समेटिएको छ ।

त्यस्तै, मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकामहरुमा पूर्व–पश्चिम जोड्ने राजमार्ग, उत्तर दक्षिण जोड्ने राजमार्गमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने, दूरसञ्चार सेवाको पहुँच नपुगेका स्थानमा सेवा विस्तार गर्ने, सहरी क्षेत्रमा अव्यवस्थित रुपमा रहेका केवल तथा तारलाई व्यवस्थित गर्ने, इन्टरनेसनल इन्टरनेट गेटवे र डोमेस्टिक नेसनल नेटवर्कहरुको साइबर सुरक्षा प्रणाली स्थापना गर्ने लगायतका विषयलाई समेटिएको छ ।

यस्तै प्राधिकरणले धार्मिक तथा पर्यटकीय स्थल ९सगरमाथा तथा अन्नपूर्ण आधार शिविर०, लुम्बिनी परिसर, जानकी मन्दिर, पाथिभर, हलेसी, चिवा, भन्ज्याङ, लोभ्रे कुट, स्वर्गद्धारी, बराह क्षेत्र, मुक्तिनाथ र गुरुद्धार, मनास्लु सर्किट, लमजुङ, राममन्दिर, पर्यटकीय तथा धार्मिक क्षेत्रमा इन्टरनेट सेवा पुर्याउनका लागि १५ करोड बजेट विनियोजन गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट