समाचार

सिन्धुपाल्चोकका दुई सय बढी एमाले र माओवादीका कार्यकर्ता कांग्रेसमा प्रबेश

काठमाडौ । सिन्धुपाल्चोक जिल्लाका झण्डै दुई सय एमाले र माओवादीका कार्यकर्ता कांग्रेसमा प्रवेश छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले बलेफी , जुगल र चौताराका ती युवाहरुलाई कांग्रेसमा प्रबेश गराएका हुन् । कार्यक्रममा बोल्दै नेता बस्नेतले सिन्धुपाल्चोकको विकासको जिम्मेवारी कांग्रेस र आफूले लिने बताएका छन् । उनले विकासका लागि कम्युनिस्टको पछाडि नलाग्न सबैलाई अनुरोध गरेका छन् ।त्यस्तै उनले कम्युनिस्टहरूलाई झुठको खेती गरेर जनतालाई नझुक्याउन चेतावनी समेत दिएका छन् ।

मंगलबार बलेफी गाउँपालिका नेपाली कांग्रेसको पार्टी कार्यालायलाई उद्घाटन गरिएको थिायो । पूर्वमन्त्री समेत रहेका बस्नेत पछिल्लो समय सिन्धुपाल्चोकमा सामाजिक कार्यमा समते सक्रिय रहेकाले लाकेप्रिय बन्दै गएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट