समाचार

राजनीतिक संस्कार भित्र देउवाको पारिवारिका सेन्टिमेन्ट भने “चिन्नुभो म शेरबहादुर”

काठमाडौ । राजनीतिक घटनाक्रममा ब्यस्त प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटार पुगे । मंगलबार प्रधानमन्त्रीले देउवाले खुमलटारको लागी निकालेको समय न कुनै राजनितिक भेटघाट थियो नत कुनै राजनीतिक सम्झौता वा संवाद ।

राजनितीक संस्कार भित्र पारिवारीक संबेदना पनि महत्वपुर्ण हुन्छ भन्ने कुरा प्रचण्ड सीता दाहालको स्वास्थ्य अवस्थाबारे बुझ्न जादा देखियो । प्रधानमन्त्री देउवाले सीताको स्वास्थ्य अवस्था बुझे अनि भने “चिन्नुभो म शेरबहादुर ।” निकै जटिल स्वास्थ्य अवस्थामा रहेकी सीताले प्रधानमन्त्रीलाई चिनिन् वा चिनिनन् तर नमस्कार फर्काइन् । प्रधानमन्त्री देउवाले नजिकै गएर उनका दुई हात समाई भने स्वास्थ लाभको कामना ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट