समाचार

योजना आयोग उपाध्यक्षका लागि चार जना आकांक्षी, को बन्छ ?

काठमाडौं । राष्ट्रिय योजना आयोगमा उपाध्यक्षका नियुक्तिका लागि चार जना आकांक्षी देखिएका छन् । राजनीतिक सल्लाहाकार मानिने आयोगमा उपाध्यक्षका र सदस्यको लागी दौडधुप सुरु भएको हो । आयोगको उपाध्यक्षमा डा। शंकर शर्मा, डा। प्रभु बुढाथोकी, डा। तिलक रावल र विश्व पौडेललाई मुख्य दावेदारका रुपमा हेरिएको छ ।
देउवा प्रधानमन्त्री भएसँगै नयाँ टिम ल्याउन छलफल सुरु भएको हो। डा. शर्माले यसअघि पनि योजना आयोग सम्हालिसकेका छन् । डा.रावल राष्ट्र बैंकका पूर्वगभर्नर, बुढाथोकी योजना आयोगका पूर्वसदस्य र पौडेल भने युवा अर्थशास्त्री हुन् । आयोगमा एक उपाध्यक्ष र ६ जना सदस्य हुन्छन् । उनीहरुका लागि छुट्टाछुट्टै क्षेत्र निर्धारण गरिएको हुन्छ ।आयोगले बजेट निर्माण, बजेट कार्यान्वयनको अनुगमन र आवधिक योजनाहरु निर्माणमा भूमिका खेल्ने भएकाले आयोगको पदहरुलाई शक्तिशाली मान्ने गरिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट