समाचार

जसपा दुई मन्त्रालयसहित सरकारमा जाने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागि हुने भएको छ । जसपाको महन्थ ठाकुर पक्षले दुई वटा मन्त्रालय लिएर सरकारमा जाने भएको हो ।

अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेर बहादुर देउवाबीच भएको भेटवार्तामा दुई वटा मन्त्रालय लिएर सरकारमा जाने सहमति भएको हो । बुधबार बिहान अध्यक्ष ठाकुर र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो । भेटमा ठाकुरले आफ्ना माग राखेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट