राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।दिउँसो १ बजे बस्ने तय भएको बैठक ढिला गरि सुरु भएको छ । बैठकमा सरकारमा मन्त्रीका रुपमा पठाइने नेताहरुका बारेमा छलफल हुने बताइएको छ ।

सरकारमा सहभागी हुन आकांक्षीहरुको माओवादी केन्द्रमा शीर्ष नेताका घरमा ‘डेलिगेसन’ धाउन थालेपछि नेताहरुले बैठक बसेरै यस बिषयलाई टुङ्ग्याउन लागेका हुन् । माओवादीले सरकारमा नयाँ अनुहारलाई पठाउने स्पष्ट अनौपचारिक घोषणा गरेपनि बैठकको माध्ययमबाटै औपचारिक निर्णय गराउन खोजेका छन् ।

अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल विस्तारका विषयमा प्रधानमन्त्री शेरबहादुर देउबासहित गठबन्धनका शीर्ष नेताहरुलाई भेटी छलफल गरिसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *