विचार

वीपीको बहुआयमिकता

प्राचिन इतिहासदेखि हालसम्म नियाल्दा नेपालको राज्यसत्ता अधिकांश समय अनुदार शासकले कब्जा गरेको पाइन्छ । त्यसबेलाका शासकहरूको स्वार्थीपन र अदूरदर्शीताका कारण प्राकृतिक श्रोतसाधन, कला संस्कृतिले बैभवशाली मुलुकअविकास, गरिवी, अशिक्षा, पछौटेपन, कुरिति, कुसंस्कारले थलिन पुग्यो । सधै स्वतन्त्र र सार्वभौम रहेको मुलकको पहिचान अन्तराष्ट्रिय स्तरमा समेत शासकको संकुचित सोचका कारण गुमनाम बन्यो ।

परिवर्तनको चाहान भए पनि निरंकुश र तानशाह शासकका विरुद्ध आवाज उठाउने साहस जुटाउन निकै मुस्किल थियो राणा कालमा । हुन त त्यसबेला नेपाली समाजमा चेतनास्तरको समेत विकास भएको थिएन । त्यस समयमा पनि राणा शासनको विरुद्धछिटफूट विरोध र विद्रोह नभएका भने होइन । तर, संगठित जनवलको अभावमा ति सबै आन्दोलनहरू निरंकुश शासककासामु निरिह सावित हुन पुगे । आन्दोलन तुहाउन र विरोधीहरूमा सन्त्रास फैलाउने रणनीति अन्र्तगत चरम अमानवीय दण्ड दिन थालियो । तत्कालीन शत्ताको दुरुपयोग गर्दै शान्तिपूर्ण आन्दोलनमा होमिएका केही व्यक्तिलाई प्राणदण्ड समेत दिइयो ।

व्यवस्था परिवर्तनका लागि शसक्त संगठित शक्तिको आवस्यकता महशुस भइरहेको बखत विक्रम सम्वत २००३ साल माघमा नेपाली राष्ट्रिय कांग्रेसको जन्म भयो । नेपाली राष्ट्रिय कांग्रेस र सुवर्ण शमशेरले नेतृत्व गरेको नेपाल प्रजातन्त्र कांग्रेसको एकिकरण वि.सं २००६ सालमा भएसंगै ‘नेपाली कांग्रेस’ नामकरण गरियो । जसका कारण सशस्त्र संघर्षका लागि थप शक्ति सञ्चय गर्ने अवसर मिल्यो । २००७ साल अश्विन १० गते वैरगनीया सम्मेलनबाट नेपाली कांग्रेसले राणा शासन विरुद्ध शसक्त आन्दोलन गर्ने निर्णय गर्यो । राणा शासनको विपक्षमा र लोकतन्त्रको पक्षमाविश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा मुलुकभर शसस्त्र क्रान्ति चर्कियो । वीपी स्वयं आफू पनि शसस्त्र क्रान्तिमा सहभागी हुनु भयो । अन्तत : २००७ साल फागुन ७ गते नेपाली कांग्रेसको नेतृत्वमा प्रजातन्त्र स्थापना भयो ।

सुरुमा कम्युनिष्ट विचारधाराबाट प्रभावित कोइराला भारत स्वतन्त्र आन्दोलनमा पक्रउ परि केही समय जेल समेत बस्नु भयो । नेपाली राष्ट्रिय कांग्रेसको स्थापन पश्चात राणा विरोधी गतिविधिमा सक्रिय वीपीलाई तत्कालिन शासकले बन्दी बनाएपछि जेलभित्रै अनसन बस्नु भयो । उहाँको स्वाथ्य अवस्था कमजोर भएपछि रिहा गरियो ।

अन्धकार युगको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्थाको दीयो सल्काउने श्रेय महामानव वीपी कोरालालाई नै जान्छ । कोइरालले करिव ७२ वर्ष अघि उठाएका ऐजेण्डा अहिले कार्यान्वयनका चरणमा छन । उ बेलै कोइरालले संविधानसभा मार्फत संविधान बनाउने एजेण्डा अघि सार्नु भयो । वीपीको लाकप्रिय नेतृत्वसंग अत्तालिएका तत्कालिन शासकहरूले संविधानसभाको निर्वाचन टार्दैैै गए ।

प्रजातन्त्र स्थापना भएको ७ वर्षपछि मात्र आम निर्वाचन घोषणा गरे । आम निर्वाचनमा दुई तिहाई जनमत कांग्रेसले पायो । वीपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नु भयो । कोइरालाको नेतृत्वमा २०१६ सालमा सरकार गठन भएपछि नेपालमा विकासको लहर आयो । भौतिक विकासका साथै क्रान्तिकारी भूमिसुधार, जमिन्दारी उन्मुलनजस्ता लोकप्रिय कार्यको सुरुवात भए ।

वीपीको लोकप्रियता राजालाई पाच्य हुन सकेन । दक्षिण एशिया कै शक्तिशाली नेताहरूको पंतिमा आफूलाई उभ्याउन सफल हुनु भएका कोइरालालाई असफल बनाउने गोटी छिमेकी राष्ट्रबाट समेत चालियो ।अन्ततः जनप्रिय नेता र जनप्रिय दललाई सत्ता बाहिर राख्ने डिजाइन सफल बनाइ छाडे । राजा महेन्द्रको डिजाइमा विसं २०१७ साल पुस १ गते प्रधानमन्त्री वीपी कोइराला र मन्त्रीहरूलाई तरुण दलको कार्यक्रमबाट पक्राउ गरी बन्दी बनाइयो । त्यसै दिन शिशु प्रजातन्त्रको हत्या गरियो । र, मुलुकमा पञ्चायती शासन व्यवस्थाको सुत्रपात गरियो ।

वीपी लगायत अन्य नेताहरूलाई २०१७ साल पुस १ गतेदेखि २०२५ सालसम्म ८ वर्ष सुन्दरीजल जेलमा बन्दि बनाइयो । जेलबाट रिहा भएलगत्तै वीपी भारत निर्वाशित हनु भयो । भारतबाटै राजनीतिक गतिविधि सञ्चालन गर्नु भयो । त्यस बखत एकातर्फ नेपालमा ठूलो रक्तपात मच्चिएको थियो भने अर्को तर्फ वीपी र इन्दिरा गान्धीको सम्बन्ध विग्रिएको थियो । राष्ट्रको हितलाई मध्यनजर गरेर वि.सं २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर वीपी आफ्ना सहयोगीका साथमा स्वदेश फर्किएर राजनीतिक गतिविधिमा लाग्नु भयो ।

त्यस बखत वीपी माथि मृत्यु दण्डको सजाय हुनसक्ने आधा दर्जन मुद्दा लागाइएको थियो । निर्वाध रुपमा वीपीलाई देश दौडाहामा सहभागी हुन दिइएन । वीपी माथि पटक पटक दरवारीया र कम्युनिष्टहरूको मिलेमतोमा सांघातीक हमलाका प्रयास भए ।

पञ्चायत विरुद्धको आन्दोलन अनियन्त्रित बन्दै गएपछि राजा विरेन्द्रले जनमत संग्रह गर्न तत्परता देखाए । सत्ता पक्षको षड्यन्त्र र जालझेलका कारण वि.सं २०३६ सालको जनमत संग्रहमा सुखद परिणाम आएन । वीपीले निर्वाचनको परिणमलाई सहज रुपमा स्वीकार्नु भयो । त्यस लगत्तै वि.सं२०३८ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचन समेत कांग्रेसले वहिस्कार ग¥यो ।

करिव २९ वर्षे पञ्चायति साशन व्यवस्थको अन्त्य वीपीकै सहयात्री सर्वोेच्च नेता गणेशमान सिंहको नेतृत्वमा२०४६ सालमा सफल भयो । तत्कालिन समयका पार्टी सभापति एवं प्रधानमन्त्री सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा २०४७ सालको संविधान जारी भयो । त्यसछि पार्टी सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालको नेतृत्वमा माओवादीलाई शान्तिप्रक्रियामा ल्याउनेदेखि, संविधानसभाको निर्वाचन गराउने, गणतन्त्रको घोषणा गर्ने र राजतन्त्र फ्याक्नेसम्मका काम भए । पार्टी सभापति एवं प्रधानमन्त्री शुसील कोइरालाको नेतृत्वमा संविधानसभाबाट संविधान जारी भयो । यसै गरी पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा संविधान कार्यान्वयनका लागिस्थानीय तह, प्रदेश र संघको निर्वाचन सम्पन्न भयो । प्रधानमन्त्री देउवाले अहिले संविधान र लोकतन्त्रको रक्षा,कोरोना महामारी नियन्त्रण, निःशुल्क खोपलाई विशेष प्राथमिकतामा राखेका छन ।यसरी हेर्दा २००७ सालदेखि हालसम्मको राजनीतिक परिवर्तनको नेतृत्व वीपीकै अनुयायीहरूले गर्दै आएको पाइन्छ ।

आधुनिक नेपालका सुत्रधार महामानव बीपीको जीवनकालभर सच्चा मुल्यांकन हुन सेकन । उहाँ विरुद्धको षड्यन्त्रमा निरंकुश शासक र कम्युनिष्टहरूले धेरै समय खर्चिए । मुलुकलाई अन्धकारतर्फ धकेल्न निरन्तर क्रियाशील रहे । मुलुकमा प्रतिक्रान्ति भित्र्याउनेउनीहरूको सक्रियता इतिहासले समेत समिक्षा गरिसकेको छ ।

आधुनिक राजनीतिका शब्दसागर वीपी कोइरालाको सामान्य ढंगबाट विश्लेषण गरिदा अन्याय हुन सक्छ । तर, समिक्षात्मक ढंगबाट कोइरालालाई सम्झनु न्याय संगत नै होला । कोइरालाई राजनीतिक आलोकबाट मात्रहेरिदा उनीप्रतिको दृष्टिकोण पूर्वाग्राही ठहरिन्छ । नेपाली साहित्यमा उहाँको योगदान निकै ठूलो रहेको छ । कोइरालाले साहित्यलाई सभ्यताको प्रतिक मान्नुभएको छ । तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाई, मोदिआइन, हिटलर, याहुदी, बुवा आमा र छोराजस्ता कोइरालाका सर्वाधिक रुचाइएका साहित्यिक कृतिहरू हुन ।

अद्भूत सहास, प्रकाण्ड बौद्धिकता र चामत्कारीक नेतृत्वका धनी राजनेता वीपीको जन्म वि।सं १९७३ भदौ २४ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कोखबाट भएको हो । वीपीमा अद्भूत विलक्षण प्रतिभा थियो । हुनत कोइरालाको जन्म नै विलक्षण क्षमताले युक्त पारिवारमा भएको थियो । वीपी कोइरालका बुवा मात्र नभई आमा, हजुरवुबा समेतमा विलक्षण प्रतिभा थियो भन्ने कुरा वीपी स्वयंमले आत्मावृत्तान्तमा उल्लेख गर्नु भएकोछ। त्यसबेला नै वीपीका पिता कृष्णप्रसाद चलायमान हुनुहुन्थ्यो । कृष्णप्रसाद सम्भावनाको खोजीमा दुम्जा छोडेर मधेस जानु भयो । देशभरका भन्सार अड्डाको ठेक्का लिएर व्यापारिक गतिविधिमा संलग्न हुनु भयो । विराटनगरमा बजार स्थापना गर्नु भयो । शिक्षा स्वास्थ्यको प्रवन्ध गर्नु भयो । उहाँमा अन्तर्राष्ट्रिय राजनीति बुझ्ने भोक जागेका कारण अंग्रेजी सिक्नुका साथै भारतबाट हिन्दुस्थान पत्रिका मगाएर पढ्न थल्नु भयो ।

चन्द्रगञ्जमा कृष्णप्रसादले ढाक्रेहरूका फाटेका लुगा देखेपछि ढाक्रेहरूलाई नयाँ लुगा किनिदिनु भयो । र, फाटेको लुगा पार्सल गरेर चन्द्रसमशेरलाई पठाइ दिनु भयो । उहाँले लेखेको पत्रमा सरकारलाई आफ्नो पोशाक र प्रजाको पोसाकमा फरक हेर्न आग्रह गर्नु भएको थियो । त्यसबापत उहाँले ठूलो मूल्य चुकाउनु पर्यो । उहाँको सामाजिक जीवन मात्र नभई पारिवारीक जीवन समेत तहस नहस भयो ।राणासंग दुश्मनी लिएका कारण कृष्णप्रसादले जेलमै मृत्यु वरण गर्नु पर्यो ।

सगरमाथा चीनको हनुपर्छ भन्ने अभिव्यक्ति कम्युनिष्ट नेता तुलसीलालले दिएकै बखत राष्ट्रवादी नेता वीपी कोइरालाले चीन भ्रमणमा गएको बेला सगरमाथाको शीर नेपालमा हुने सम्झौता गर्नु भयो । सन १९९० को सन्धीमा नेपालीलाई भारतमा र भारतीयलाई नेपालमा जग्गा किन्न रोक लगाए । गण्डक सम्झौत्तामा नेपाललाई पानी पुगेपछि मात्र भारतलाई दिने सम्झौत्ता गरे । यो सम्झौत्ता कार्यान्वयन हुन नपाउदै बीपीलाई सत्ताच्युत गरियो । राजा महेन्द्रले भारतको हितमा सम्झौत्ता कार्यान्वयन गरे । तर, दरवार, पञ्च र कम्युनिष्टहरू मिलेर गरेको गल्तीको शिकार कांग्रेस र वीपीलाई बनाउन खोजियो ।

वीपीले राष्ट्रवाद, समाजवाद र मानवताको लागि आजीवन संघर्ष गर्नुभयो । कसैको प्रलोभनमा पर्नु भएन । उहाँले कहिल्यै सम्झौता गर्नु भएन । वीपीकोमान्यता नै थियो–कुनै कुरा दुविधा भए राष्ट्रको माटोसंग सोध्नु, त्यसले जे जवाफ दिन्छ त्यही गर्नु । नेपाली कांग्रेस महामनव वीपी कोइरालाको वैचारीक धरातलबाट पृष्ठपोषित हुदै आएको छ । लोकतन्त्रको स्थापना, जनताको सर्वोच्चता, विकास र समानता पक्षमा अझ संघर्षरत छ ।

क्यान्सर जस्तो प्राणघातक रोगबाट ग्रसित कोइरालाको ६६ वर्षको उमेरमा देहवाशान भयो । कोइरालाले आफ्नो जीवनकालमा मुलुक र मुलुकबासीका निम्ति ठूलो योगदान गर्नु भयो । प्रतिकुल राजनीतिक व्यवस्थाका कारण कोइराला आफ्नो जीवनकालमा करिव १६ वर्षमात्र नेपाल बस्न पाउँनु भयो । आजीवन प्रजातन्त्र र आधुनिक नेपालको रथ हाक्नु भएका वीपीको इहलिला वि.सं २०३९ साल साउन ६ गते समाप्त भयो । उहाँले कार्यपद्धतिमा भने प्रजातन्त्रको प्रयोग गर्न पाउँनु भएन । सिङ्गो जीन्दगी प्रजातान्त्रिक आन्दोलनमा समर्पित गर्नु भएका कोइरालाको सपना अहिले साकार भएको छ ।

अन्त्यमाः प्रजातान्त्रिक समाजवादका परिकल्पनाकार महामानव वीपी कोइरालाप्रति ३९ औं स्मृति दिवसको अवसरमा हार्दिक श्रद्धासुमन !

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *