देश

भीम रावललाई फकाउन उनकै निवास टोखा पुगे माधव नेपाल

काठमाडौं । आफूले बोलाएको स्थायी कमिटी बैठकमा अनुपस्थित भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भीम रावलसँग छलफल गर्न उनकै निवास टोखा पुगेका छन् ।

माधव पक्षीय नेताहरूको बैठक नयाँ बानेश्वरस्थित अर्याल होटलमा चलेको थियो । तर, नेता रावल उपस्थित भएनन् । माधव नेपालले पार्टी एकतामा असहयोग गरेको भन्दै रावलले सांसद पदबाटै राजीनामा दिएका थिए । त्यसयता रावल र नेपालबीच बोलचाल बन्द छ ।

पार्टी एकता गर्न बनाइएको १० बुँदे सहमति नेता नेपालकै कारण असम्भव भएको नेता रावलको ठहर छ । साउन २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु र पार्टी एकता गर्न १० बुँदे कार्यान्वयनमा अध्यक्ष ओली लचक हुँदा नेता नेपालले आफूनिकट सांसललाई संसद जोगाउनका लागि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन उर्दी जारी गरेका थिए । पार्टी एकताको अन्तिममा घडीमा नेता नेपालले दिएको निर्देशन गलत भन्दै रावलले त्यहीँ दिन सभामुख अग्नि सापकोटालाई सांसद पदबाट राजीना पत्र बुझाएका थिए । तर, अहिलेसम्म उनको राजीनामा पत्र स्वीकृत भएको छैन ।

प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दा एमालले ह्विप नै जारी गरेर मत दिनेलाई कारबाही गर्ने निर्देशन दिएको थियो । तर, ओली समूहकै ८ जना सांसदले ह्विप उल्लंघन गरेर देउवालाई विश्वासको मत दिएका थिए भने नेपाल १४ जना गरी २२ जनाले देउवालाई विश्वासको मत दिएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिने २२ सांसदहरुलाई एमालेले बुधबार २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *