समाचार

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे विप्लव, अघिल्लो सरकारसँग भएका सहमति कार्यान्वयन गर्न आग्रह गरिने

काठमाडौं । केही दिनदेखि राजनीतिक भेटघाटलाई तीव्र बनाएका नेकपा महासचिव नेत्रविक्रम चन्द प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

उनी पार्टी नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोलालाई लिएर बालुवाटार पुगेका हुन् ।

केपी ओली नेतृत्वको तत्कालीन सरकारसँग तीन बुँदे सहमति गरे पनि हालसम्म सहमति कार्यान्वयन हुन नसकेको भन्दै विप्लवले राजनीतिक सक्रियता बढाएका छन् । यसबीचमा उनले एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, कम्युनिस्ट नेता मोहन वैद्य किरण, डा.बाबुराम भट्टराईलगायतसँग भेटघाट गरिसकेका छन् ।

प्रधानमन्त्री देउवासँगको भेटमा अघिल्लो सरकारसँग भएका तीनबुँदे सहमति कार्यान्वयनमा जोड दिइने नेकपाका नेताहरूले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *