देश

कांग्रेस सांसद अमरेशकुमार सिंहले दिए पदबाट राजीनामा

काठमाडौं । कांग्रेस सांसद अमरेशकुमार सिंहले पदबाट राजीनामा दिएका छन् । सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिंहले बुधबार बालुवाटारमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

क्रियाशील सदस्यता वितरण र नवीकरणमा देखिएका समस्या समाधानमा पार्टी नेतृत्वले चासो नदिएको भन्दै उनले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

सांसद सिंहले पार्टीका कार्यकर्ताहरूको संरक्षण र तिनको स्वाभिमानको रक्षा गर्न नसक्ने नेतृत्वबाट राष्ट्रहितको बृहत्तर दायित्व पूरा हुनेमा आशंका उत्पन्न भएको बताएका छन् । ‘कार्यकर्ताहरूको संरक्षण र तिनको स्वाभिमानको रक्षा गर्न नसक्ने नेतृत्वबाट राष्ट्रहितको बृहत्तर दायित्व पूरा हुनेमा आशंका उत्पन्न हुनु स्वाभाविक हो । र, यो पाटोलाई मैले गम्भीर ढंगले आत्मसात गरेको छु । त्यसैले प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएर एक जिम्मेवार नागरिकका रूपमा जनहितको संरक्षण गर्न सक्रिय हुनु मेरो मूल कर्तव्य बनेको छ,’ सिंहले आफ्नो राजीनामा पत्रमा भनेका छन् ।

नेता सिंहले उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न भएको आरोप लगाएका छन् । निधिका कारण प्रदेश २ मै कांग्रेसको स्थिति थप रक्षात्मक स्थितिमा पुग्ने खतरा रहेको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *