देश

आज चीनबाट थप आठ लाख डोज खोप आउँदै

काठमाडौं । आज चीनबाट कोरोना भाइरसविरुद्धको आठ लाख डोज खोप आउन लागेको छ।

बुधबार बेइजिङ गएको नेपाल एयरलाइन्सको जहाज बिहीबार खोप लिएर फर्किन लागेको हो। नेपाल वायुसेवा निगमले वाइडबडी जहाज खोप लिएर दिउँसो काठमाडौं अवतरण गर्ने जनाएको छ। असार २५ गते पनि नेपाल एयरलाइन्सको जहाजले आठ लाख डोज खोप ल्याएको थियो।

आजै खोप ल्याउन वाइडबडी जहाज बेइजिङ जाने कार्यतालिका रहेको छ। यससँगै साउन ९ गते चौथो खेपका लागि एयरलाइन्सको जहाज चीन जानेछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको तीन दिनभित्र २५ लाख डोज खोप आउने जनाएको छ। सबै खोप नेपालले चीनसँग खरिद गरेको हो ।

यसअघि चीनले १८ लाख खोप अनुदानमा दिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटामा चिनियाँ राजदूरत होउ यान्छीले थप १६ लाख खोप अनुदानमा दिन लागेको बताएकी थिइन्। सो खोप आउन बाँकी छ । खरिद गरिएका खोप ल्याइसकेपछि मात्र अनुदानमा दिएको खोप ल्याउने सरकारको तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट