अर्थ

नेपालका १५ वटा बैंकका सिस्टम ह्याक गर्ने चेतावनीपछि राष्ट्र बैंक सतर्क

काठमाडौं । अमेरिकाको ह्याकरले नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकका सिस्टम ह्याक गर्ने चेतावनीसहितको फोन र इमेल गरेपछि नेपालमा ठूलो चिन्ता छाएको छ ।

आफूलाई ह्याकर बताउने एक समूहले राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज पठाउँदै धम्की दिएको छ । ह्याकर समूहले राष्ट्र बैंकमा फोनसमेत गरेको थियो ।

आफूलाई ह्याकर बताउने समुहले राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज भाइबर र म्यासेन्जरमा प्राप्त भएको राष्ट्र बैंकका प्रवक्तासमेत रहेका वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले उल्लेख गरेका छन् ।
यसरी म्यासेज पठाउने को हो र किन पठायो भन्ने विषयमा अध्ययन भइरहेको राष्ट्र बैंकले जनाएको छ । तर, कसले पठाएको हो भन्ने बारेमा अहिलेसम्म केही खुलेको छैन ।

ह्याकरले पठाएको भनिएको म्यासेजमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट