समाचार

तीन तहको अधिवेशनपछि सिधै कांग्रेसको १४औं महाधिवेशन गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ । केन्द्रीय महाधिवेशनअघि कांग्रेसका सात तहका अधिवेशन गर्नुपर्ने हुन्छ ।

आगामी साउन १२ गतेदेखि वडा तहको अधिवेशन गर्ने समयतालिका निर्धारण गरिएको छ । तर, अहिलेसम्म क्रियाशील सदस्यता वितरण र नवीकरणको काम नसकिएकाले कम्तीमा पनि १० दिन वडा तहको अधिवेशनको मिति पछि सारिने गृहकार्य सुरु भएको छ ।

स्रोतका अनुसार केन्द्रीय महाधिवेशनअघि मात्र दुई तहको अधिवेशन गर्ने तयारी भएको छ । कोभिड महामारीका कारण सबैभन्दा महत्वपूर्ण वडा तह र क्षेत्रीय अधिवेशनपछि सिधै केन्द्रीय महाधिवेशन गर्ने विषयमा कांग्रेसमा आन्तरिक छलफल सुरु भएको छ ।

पछिल्लो समय देशभर कोरोना संक्रमण फैलिएकाले त्यसलाई मध्यनजर गर्दै गाउँ–नगर–महनगर, जिल्ला र प्रदेशको अधिवेशन १४औं महाधिवेशनपछि गर्ने तयारी भएको छ । अब महाधिवेशन आउन एक महिना पनि बाँकी छैन । कोरोना संक्रमण फैलिएको, पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर कोइरालाको कार्यव्यस्ततालगायतका कारण अन्य अधिवेशन पछि गर्ने गरी तत्काल वडा तह र क्षेत्रीय अधिवेशन गरी महाधिवेशन प्रतिनिधि छनोट गरेर केन्द्रीय महाधिवेशन गर्ने तयारीमा कांग्रेस जुटेको स्रोतले बताएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *