राजनीति

नेपाल पक्षलाई आममाफी दिने अध्यक्ष ओलीको घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले समानान्तर गतिविधि गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई आममाफी दिने घोषणा गरेका छन् ।

ललितपुरको च्यासलमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा आयोजित कार्यक्रमा बाटो बिराएका र भड्किएका नेताहरुलाई आममाफी दिने घोषणा गरेका हुन् । ‘यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड,’ उनको भनाइ छ ।

अध्यक्ष ओलीले नेपाल पक्षलाई फेरि एक पटक मिलेर अघि बढ्न आह्वानसमेत गरे । ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिउँ, देश र जनताको कुरा गरौँ,’ अध्यक्ष ओलीले भने, ‘अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ।’

आफूलाई तत्कालीन नेकपा रहँदा गत वर्ष साधारण सदस्यबाटै निकालेको पनि स्मरण गर्दै अध्यक्ष ओलीले अब विगत विर्सेर अगाडि बढ्न अपिल गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *