ताजा समाचार

आज यी प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं । आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रही कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जला तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार प्रदेश १, लुम्बिनी तथा वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, वाग्मती, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको संभाबना रहेको हुनाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरेखोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *