समाचार

बलात्कार आरोपी सौरभ राणा डिआईजी बढुवाका लागि सिफारिस

काठमाडौं । सरकारले बलात्कार आरोपमा पक्राउ परेका एसएसपी सौरभ राणालाई डिआईजी बढुवामा सिफारिस गरेको छ ।

बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले राणालाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । राणा प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याजी हुन् ।

डीआईजी सहकुल थापाको एआईजीमा बढुवा भएपछि एउटा दरबन्दी खाली थियो । सोही दरबन्दीमा राणालाई बढुवा गर्न सिफारिस गरिएको हो ।

राणा एक वर्षअघि सुनसरी धरानकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए । सुनसरी जिल्ला अदालतले उनलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो । सो मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *