समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विभिन्न दलका नेताहरूले शुभकामना दिने कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन २०७७ पेस गर्ने भएका छन् । आजकै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले कारागार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएपछि प्रतिनिधिसभाको यो दोस्रो बैठक हो । यसअघि गत आइतबार बैठक बसेको थियो । आइतबारको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका थिए । उनले एक सय ६५ जना सांसदको मत प्राप्त गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *