समाचार

नेम्वाङलाई प्रकाशमानको प्रश्न – धारा ७६(५) लेख्दा कहाँ हुनुहुन्थ्यो ?

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले आफू सरकारमा बस्दा विधि मिचेको र अहिले विपक्षमा बस्दा मूल्य, मान्यताको कुरा गरेकोले त्यसको अर्थ नरहेको बताएका छन् ।

संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिने क्रममा सिंहले सुवास नेम्वाङको नैतिकतामा पनि प्रश्न उठाएका छन् । ‘आफूलाई संविधानविद् भन्नुहुन्छ, कानुनविद् भन्नुहुन्छ, तर संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री चयन हुँदा परामादेशबाट भन्नुहुन्छ ।’ श्रेष्ठले भने ।

संविधानसभाको अध्यक्षसमेत भएर काम गरेको मान्छेबाटै संविधानका विषयमा अनविज्ञता प्रकट हुनु आश्चार्य भएको श्रेष्ठको भनाई छ ।

‘उहाँ (नेम्वाङ त संविधानसभाको अध्यक्ष पनि हुनुहुन्थ्यो, अव संसद मर्दैन पनि उहाँ नै भन्नुहुन्थ्यो, संविधानको धारा ७६(५) लेख्दा उहाँ कहाँ हुनुहुन्थ्यो ? आफूलाई संविधानविद्, कानुनविद भनेर संविधानमा नभएका कुरा गर्दै हिड्न पाइन्छ ?’ श्रेष्ठले भने ।

विधि र नियममा नबस्दा के हुन्छ भन्ने उदारहण स्वरूप सानै दल भए पनि देउवा प्रधानमन्त्री हुन सकेको सिंहको भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *