मुख्य समाचार

ऋण लिएर भए पनि नेपाली जनतालाई कोभिडविरुद्धको खोप दिन्छौं : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण लिएर भएपनि नेपाली जनतालाई कोभिडविरुद्धको खोप लगाउने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले सरकारको प्रथामिकता नै नेपाली जनतालाई खोप लगाउने भएको बताए ।

‘यो सरकारको प्राथमिकता भनेकै खोप हो, हामी खोप लगाउनका लागि प्रयत्न जारी राख्नेछौैं,’ देउवाले भने, ‘ऋण सापटी गरेर भएपनि जतिसुकै महंगो मूल्यमा किनेर भए पनि हामी सम्पूर्ण नेपाली जनतालाई खोप लगाउने प्रयास गर्ने छौं ।’

प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष ५/७ महिना मात्र रहने भन्दै उनले यो अवधिमा पनि देखिने गरी काम गर्ने बताए । ‘मलाई विश्वास छ, मेरो कार्यकाल पूरा हुँदासम्म केही न केही भिजिवल काम गरेर जानेछु,’ देउवाले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *