समाचार

प्रतिनिसभामा दुई प्रतिवेदन पेश

काठमाडौँ । प्रतिनिसभामा ‘महालेखा परीक्षको ५७ औँ वार्षिक प्रतिवेदन २०७७’ सभा समक्ष पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सदन समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् ।

राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७८’ पनि सदनमा पेश गरे ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन १२ गते मङ्गलबार दिनको १:०० बजे बस्नेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *