खेलकुद

टोकियो ओलम्पिकमा सुटिङकी कल्पना परियारको राष्ट्रिय कीर्तिमान

टोकियो । टोकियो ओलम्पिक २०२० मा सुटिङअन्तर्गत महिला १० मिटर एयर राइफल इभेन्टमा नेपालकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

शनिबार बिहान सम्पन्न छनोट चरणको खेलमा ६ सय १६.८ स्कोर बनाउँदै यसअघिको उनको १३औँ दक्षिण एसियाली खेलकुदको आफ्नो ६ सय १४.५ स्कोरलाई पछि पार्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

प्रतियोगितामा ५० जना खेलाडीहरुको सहभागीता थियो । जसमध्येबाट आठ शिर्ष खेलाडीले अन्तिम चरणमा प्रवेश पाएका छन् ।
छनोटमा नर्वेकी हेग दुष्तादले ६ सय ३२.९ स्कोरसहित शिर्ष स्थान हासिल गरेकी छिन्। महिला १० मिटर एयर राइफल प्रतिस्पर्धा टोकियो ओलम्पिकको पहिलो स्वर्णपदक छिनोफानो हुने खेलसमेत रहेको छ । नेपाली पाँच खेलाडी सहभागी खेलहरुमा नेपालको यो पहिलो खेल हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *