देश

विश्वप्रकाश शर्मा भन्छन्– निर्मलालाई न्याय दिने गहन दायित्व अब प्रधानमन्त्री र गृहमन्त्रीमा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तीन वर्षअघि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्नको पत्ता लगाउने जिम्मेवारी कांग्रेस नेतृत्वको सरकारको रहेको बताएका छन् ।

हिजोसम्म कांग्रेस प्रतिपक्षमा रहेकाले प्रश्न उठाए पनि अब सरकार आफ्नै गठन भएकाले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणमा त्यो जिम्मेवारी रहेको भन्दै उनले गहन दायित्व निर्वाह गर्न सल्लाह दिएका छन् ।

कांग्रेस नेता शर्माले भनेका छन्, ‘बालिका र महिलाउपर हिंसा, बलात्कार र हत्याको अनेक घटना देशले जो व्यहोर्दै आयो, त्यो नियन्त्रण गर्न राज्यको कठोरतासँगै राजनैतिक द्वन्द्वभन्दा माथि सामाजिक रुपान्तरणको साझा अठोट र अभियान जरुरी छ । निर्मलालाई न्यायसँगै, कसैले पनि यस्तो नियति भोग्न नपरोस्, बिशेष तदारुकता बढाऔं ।’

तीन वर्षअघि २०७५ साउन १० गते कञ्चनपुरकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या भएको थियो । तर, यसबीचमा दुई सरकार परिवर्तन भए । तीन प्रहरी महानिरीक्षक, सातवटा अनुसन्धान टोली र कञ्चनपुरमा पाँच एसपी फेरिए तर उपलब्धि शून्य छ ।

नेता शर्माले आइतबार फेसबुकमा लेखेका छन्–
बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ बर्ष पुग्यो । सम्माननिय पिएम नेपाल र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु । प्रतिपक्षमा छँदा प्रश्न थिए हामीसँग । सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ । सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन बिशेष गम्भीरता अपेक्षित छ । बालिका र महिलाउपर हिंसा, बलात्कार र हत्याको अनेक घटना देशले जो व्यहोर्दै आयो, त्यो नियन्त्रण गर्न राज्यको कठोरतासँगै राजनैतिक द्वन्द्व भन्दामाथि सामाजिक रुपान्तरणको साझा अठोट र अभियान जरुरी छ िनिर्मलालाई न्यायसँगै, कसैले पनि यस्तो नियति भोग्न नपरोस्, बिशेष तदारुकता बढाऔं ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *