देश

सरकारले चीनसँग थप ६० लाख डोज भेरोसेल खोप खरिद गर्दै

काठमाडौं । सरकारले चीनसँग थप ६० लाख डोज खोप खरिद प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पहिले खरिद गरिएका ४० लाख डोज खोप आपूर्ति भएलगत्तै थप खोप खरिद गरिन लागेको हो ।

केपी ओलीको सरकार ढलेर शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि अहिलेसम्म नयाँ खोप खरिद गरिएको छैन । प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा चिनियाँ राजदूत होउ यान्छीले चीनले १६ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेकी थिइन् । सो खोप पनि आउन बाँकी छ ।

यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिँदै भारतले खोप सहायता गर्ने घोषणा गरेका थिए । भारतबाट १० लाख खोप खाउन बाँकी छ ।

यस्तै, यसै साता जापानले अनुदानमा दिएको १६ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आउने भएको छ । देउवा सरकारले पनि ६० लाख डोज खोप भेरोसेल नै खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । यसअघि प्रधानमन्त्री देउवाले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि अमेरिकी फाइजर कम्पनीको ४० लाख डोज खोप खरिदका लागि कोभ्याक्स सुविधामार्फत प्रस्ताव गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *