देश

एन्फा उपाध्यक्ष नेम्वाङका कारण प्रशिक्षक अलमुताइरी राजीनामा दिँदै

काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामाको घोषणा गरेका छन् ।

उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिने घोषणा गरेका हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले अवरोध गरेको भन्दै उनले राजीनामा दिन लागेको बताएका छन्।

‘नेपाली समर्थकहरू, म एन्फाबाट राजीनामा दिँदैछु। मैले एन्फाका वरिष्ठ उपाध्यक्षका कारण राजीनामा दिन लागेको हुँ। पछिल्लो तीन हप्तामा उनले मप्रति धेरै नाटक गरिरहेका छन्,’ अलमुताइरीले फेसबुकमा लेखेका छन् ।

अलमुताइरीले नेपाली फुटबल राष्ट्रिय टिमको मुख्य प्रशिक्षक सम्हालेपछि नेपालको खेलमा उल्लेख्य सुधार आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *