समाचार

रातो पासपोर्ट काण्डधारी रानालाई माधव नेपालले भने– प्रतिगमनका मतियार बाहिर जानुस्

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओली पक्षका सांसद नारदमुनि रानाबीच सवालजवाफ भएको छ ।
आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा नेता नेपाल र रानाबीच तिक्ततापूर्ण घोचपेच भएको हो ।

बैठकको सुरुमै नेता नेपालले ठूलो संघर्षबाट प्रतिनिधिसभा पुनःस्थापना भएको भन्दै सबैलाई बधाई दिएका थिए । त्यसपछि उनले कर्मचारी र दलका नेताबीच मिलेर देशका लागि काम गर्नुपर्ने बताए ।

आफ्नो पालोमा रातो पासपोर्ट बिक्री काण्डमा मुछिएका रानाले आफ्नै पार्टीको सरकार हटाएर अर्को दलको नेतालाई प्रधानमन्त्री बनाएको भन्दै आलोचना गरे । उनले माधव नेपाल पक्षको असहयोगका कारण केपी ओलीले प्रतिनिधिसभामा विश्वासको मत पाउन नसकेको आरोप लगाए ।

ओली सरकारमा मन्त्री बनेका रानालाई बैठकमै माधव नेपालले प्रतिगमनका मतियार बाहिर जानुस् भनेर हप्काएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *