विश्व

भारतमा बर्षापछिको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय २४, उद्धार कार्य जारी

भारत । भारतमा भारी मनसून वर्षाको कारण उत्पन्न बाढी र पहिरोबाट मृत्यु हुनेको संख्या आइतबार १ सय २४ पुगेको छ भारतीय अधिकारीले पुष्टि गरेका छन् । अरु दर्जनौं हराइरहेकाको खोजीका लागि उद्धारकर्मीहरू जुटिरहेको बताइएको छ ।

भारतको पश्चिमी क्षेत्रमा बिहीबारदेखि मुसलधारे वर्षा भएको छ । भारतीय मौसम विज्ञान विभागले आउँदो केही दिनमा थप वर्षा हुने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

महराष्ट्र राज्यमा बिहीबार मुम्बईको दक्षिणमा रहेको ताल्यको पहाडी गाउँमा ठूलो पहिरोमा परी ४० जनाको मृत्युसहित राज्यभर ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको छ ।

पहिरोमा दर्जनभन्दा बढी घरहरू परेका थिए भने पहिरोमा परी कम्तीमा ९९ जना हराइरहेको बताइएको छ ।

चिप्लुनका केही भागहरूमा बिहीबार निरन्तर २४ घण्टाको बर्षापछि पानीको तह २० फिट (छ मिटर)सम्म पुगेको र सडक तथा घरहरू डुबाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बर्षापछिको डुबानका कारण बिद्युत् आपूर्ति अवरूद्ध हुँदा कोभिड–१९ को उपचारगराइरहेका एक अस्पतालका आठ बिरामीहरूको मृत्यु भएको थियो ।

उनीहरूको उपचारमा भेन्टिलेटर प्रयोग भएको तर बिद्युत् आपूर्ति काटिनासाथ उनीहरूको मृत्यु भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *