समाचार

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थपियो (सूचनासहित)

काठमाडौँ । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ ।

यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।

निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *