समाचार

भोलिदेखि दमक नगरपालिकामा एकसाता निषेधाज्ञा

दमक। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि दमक नगरपालिकामा एक साताको लागि निषेधाज्ञा लागू गर्ने भएको छ ।

कोरोना संक्रमण दर बढेको भन्‍दै नगरपालिकाले विज्ञप्ति जारी गर्दै साउन साउन ११ गते विहान ४ बजेदेखि साउन १७ गते मध्‍यराति १२ बजेसम्‍म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा गर्ने जनाएको हो ।निषेधाज्ञा नगर भित्र व्‍यापार, व्यावसाय, उद्योग कलकारखाना, शिक्षण संस्था, सम्पूर्ण वित्तीय संस्था र सबै प्रकारका सावारी साधन पूर्णरुपले बन्‍द हुने नगरपालिकाले जनाएको छ ।

नेपाल सरकारले तोकिएको सामाजिक दूरी, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै अत्यावश्‍यक काम बाहेक घरबाट बाहिर ननिस्किन समेत नगरपालिकाले आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *