समाचार

कांग्रेस नेता रामचन्द्र पौडेलले भेटे सीता दाहाललाई

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् ।

सोमबार बिहान खुमलटार पुगी नेता पौडेलले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे बुझेका थिए । सीता दाहाल लामो समयदेखि अस्वस्थ्य छिन् । उनको स्वास्थ्य अवस्था गल्दै गएको छ ।

प्रचण्डपुत्री गंगा दाहालले कांग्रेस नेता पौडेलले आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको भन्दै तस्बिर सार्वजनिक गरेकी छन् ।

केही समयअघि प्रधानमन्त्री शेरबहादुर देउवा पनि खुमलटार पुगेर दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पत्नीको स्वास्थ्य अवस्थालाई लिएर पछिल्लो समय प्रचण्ड निकै तनावमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *