देश

योगेश भट्टराईले कमेडी च्याम्पियन बनाउन भरतमणिलाई मागे भोट

काठमाडौं । एमाले नेता योगेश भट्टराईले कमेडी च्याम्पियन सिजन २ का प्रतिस्पर्धी भरतमणि पौडेलका लागि भोट मागेका छन् । नेता भट्टराईले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भोट मागेका हुन् ।

योगेश र भरतमणि दुवै ताप्लेजुङका हुन् । यसअघि योगेशकै पहलमा भरतमणिका लागि ६ लाख रुपैयाँ आर्थिक सहयोग जुटिसकेको छ ।

‘अहिले चर्चामा रहेको कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन दुईका प्रतिस्पर्धीहरु सबै अब्बल छन् । त्यसमध्ये पनि भरतमणि पौडेलचाँहि मलाई हाँस्य ब्यंङग क्षेत्रको उदाउदो मणि जस्तो लाग्छ । कञ्चनजंघाको फेदमा, तमोर नदीको चिसो पानी खाँदै, पाथिभरा माताको छत्रछाँयामा हाम्रै गाउँ र घरमा हुर्केबढेका यी ताप्लेजुङे ठिटो हाम्रो प्रिय त छँदैछन् , त्यो भन्दा बढी यिनी प्रतिभाशाली छन्,’ योगेशले सोमबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैले कमेडी च्याम्पियनको ताज प्राप्त गर्ने यिनको दौडमा भोटमार्फत् होस्टेमा हैंसे गर्दा सबै नेपाली दिदिबहिनी तथा दाजुभाइले पनि आनन्दको अनुभूती गर्नुहुनेछ । यो मेरो व्यक्तिगत अनुभूति मात्रै हो । बाँकी निर्णयको अधिकार त तपार्इकै । सबै प्रतियोगीलाई मेरो शुभकामना छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *