शिक्षा / स्वास्थ्य

मैले सञ्चालन गरेको अस्पताल गैरनाफामूलक हुन्ः मन्त्री श्रेष्ठ

काठमाडौं । आफूले सञ्चालन गरेको अस्पतालहरु सबै गैरनाफामूलक भएको दाबी नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेका छन् । सोमबार सांसद्को शिक्षा तथा स्वास्थ्य समितिमा स्पष्टिकरण दिँदै आफूले सञ्चालन गरेका अस्पताल गैरनाफामूलक भएको उनले बताए ।

आफूलाई निजी अस्पतालका सञ्चालक भएको भन्दै आलोचना गरेका विषयमा समितिले उनलाई प्रश्न गरेको थियो । ‘नाफा नलिने सर्तमा मैले सेवा सञ्चालन गरेको हुँ । सरकारको स्रोत साधनले नधान्ने अवस्थामा हामी सक्ने मान्छेले तेस्रो लहर पनि आउन सक्छ भनेर सेवामूलक अस्पताल सञ्चालन गरेका हौं’ उनले भने ।

विशुद्ध सेवामूलक भावले अस्पताल संचालन गर्न खोजिएको उनको भनाई थियो । सरकारी अस्पतालमै जस्तै सस्तो दरमा उपचार तथा पीसीआर परीक्षण गर्ने गरी अस्पताल संचालन गर्न लागेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *