रिबन

थप ३४२१ जनामा कोरोना संक्रमण पुष्टि, २५ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको स्वाब परीक्षण गर्दा ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २५ जनाले ज्यान गुमाएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ७३८ पुगेको छ । हिजो आइतबार देशभर २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसको तुलनामा आज सोमबार ११८४ जना संक्रमित बढेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *