रिबन

कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् मुख्य एजेन्डा

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने पदाधिकारी बैठक आशन्न १४ औं महाधिवेशनमा केन्द्रित हुने नेताहरुले बताएका छन् ।
सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना र आमरण अनसन जारी राखेकोले देउवाको निजी निवासमा बैठक राखिएको छ।

आजको बैठकमा रमेश लेखक नेतृत्वमा रहेको केन्द्रीय क्रियाशील छानबिन समितिले प्रतिवेदन बुझाउने बताइएको छ । साउन १२ गतेका लागि तय भएको वडा अधिवेशन स्थगित भइसकेको छ । अब वडा अधिवेशन कहिले गर्ने भन्नेबारे आज छलफलको एजेन्डा हुनेछ। यद्यपि, केन्द्रीय अधिवेशन भने निर्धारित मितिमै गर्ने कांग्रेसले बताएको छ । कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *