अर्थ

सुनको मूल्य तीन सयले ओरालो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य स्थीर रही तोलाको १ हजार २ सय ७० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *